करिब २१ वटा चलचित्र प्रदर्शनको पर्खाइमा, तत्काल हुने सम्भावना छैन
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
सरकारले स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिए पनि फिल्म निर्माताले तत्काल नयाँ चलचित्र रिलिज हुने सम्भावना नभएको बताएका छन् । डेढ वर्षदेखि वन्द रहेको हललाई थप व्यवस्थापन र सरसफाइ गर्नुपर्ने भएकाले एक महिना अझै चलचित्र रिलिज हुने सम्भावना नभएको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले बताउनुभयो ।