ओछ्यानमै थलिए ‘कर्नाली दख्खिन बग्दो छ’ का पुन्नबहादुर
गोरखापत्र अनलाइन
चैत्र ६, २०७७ शुक्रबार
अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टि दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबैंसे महिला बाहिर भित्र गर्दै केही खोजिरहेकी जस्तै गरिरहेकी छन् ।
चुलोको पूर्वपट्टि भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात राख्दै बसेका एक व्यक्ति मलिन अनुहार लिएर टोलाइरहेका छन् लाग्छ उनले...