चौध वर्ष पछि कोरियाबाट फर्केर कृषि कर्म
गोरखापत्र अनलाइन
भाद्र १३, २०७८ आईतवार
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताउनुभयो । कामदारको रुपमा कोरिया पुग्नुभएको पुनले कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो ज्ञान प्राप्त भयो ।
१४ वर्ष कोरियामा श्रम गरेर फर्कनुभएका पुनले नेपाल फर्केर माछा पालन सुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–४...