अझै हिउँदे वर्षा भएन, उत्पादनमा असर पुग्ने
रासस
माघ १२, २०७७ सोमबार
यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो । यस वर्ष एकपटक पनि पानी परेको छैन ।
पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । “हाल कायम रहेको पश्चिमी वायुको प्रभावले पानी पर्ने सम्भावना कमै छ”, उहाँले भन्नुभयो ।