ओडारमा बस्ने वृद्धासहित चारको उद्धार
रासस
पुष २२, २०७७ बुधबार
नौ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धा महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयनस्वरुप भइरहेको अभियानअन्तरगत आज जिल्ला प्रशासन कार्यालयको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा महिलासहित चार जनाको उद्धार गरिएको हो ।
चन्दननाथ–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने वृद्धा कमला कुमाई, चन्दननाथ–९ निवासी पुनी तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी...