उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्
रासस
जेष्ठ ३०, २०७७ शुक्रबार
असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ ।
पसल पूर्ववत् खुलेका छन् । सावधानीमा ध्यान दिइएको छैन । सामान खरिद गर्न आएका उपभोक्ताले नै सावधानी अपनाएको देखिन्छ । मानिसको आवत जावत देख्दा अत्यावश्यक कामका लागि मात्र होइन समान्यरुपमा घुमफिरका लागि पनि बाहिर निस्केका छन् ।...