पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
गोरखापत्र अनलाइन ,
चैत्र १९, २०७६ बुधबार
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँका दरले घटाएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपियाँका दरले घटाएको छ । निगमले निक्कै लामो समयपछि ठूलो परिणाममा एकैचोटी मूल्य घटाएको छ ।