पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने
रासस
जेष्ठ २७, २०७८ बिहीबार
नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने राससलाई जानकारी दिनुभयो ।
“हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले थप्नुभयो,...