बागमती प्रदेशमा सङ्क्रमण धेरै, १४ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित
गोरखापत्र अनलाइन
मंसिर ४, २०७७ बिहीबार
कोरोना संक्रमणको सबैभन्दा धेरै प्रभावित बागमती प्रदेश भएको छ भने सबैभन्दा कम प्रभाव कर्णाली प्रदेशमा परेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बागमती प्रदेश पछिल्लो समय कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको छ ।
नेपालभरीमा बुधबार साँझसम्म दुई लाख १२ हजार ७१७ जना कोरोना संक्रमित भएका छन् । एक लाख ८२ हजार १८० जनाले कोरोनालाई जितेका छन् । नेपालमा कोराना...