अनुसन्धानले देशलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्छ : नेता भट्टराई
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
वैज्ञानिक अनुसन्धानले देशलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सहयोग पुग्ने नेकपा एमालेका नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले बताउनुभयो । नेपाल अनुसन्धान परिषद्को स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोमा बोल्दै भट्टराईले यस्तो बताउनुभएको हो ।