उपचारका सामग्री ल्याइए गजेन्द्रनारायण अस्पतालमा
रासस
चैत्र १८, २०७६ मंगलवार
कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा प्रयोग हुने आवश्यक सामग्री राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक एवम् स्वास्थ्यकर्मीका लागि पठाएको पिपिई, गाउन, मास्कलगायत सामग्री आएको अस्पतालले जनाएको छ ।