logo
२०८१ माघ ९ बुधवार



उपचारका सामग्री ल्याइए गजेन्द्रनारायण अस्पतालमा

प्रदेश |


उपचारका सामग्री ल्याइए गजेन्द्रनारायण अस्पतालमा


सप्तरी, चैत १८ गते । कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारमा प्रयोग हुने आवश्यक सामग्री राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइपुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक एवम् स्वास्थ्यकर्मीका लागि पठाएको पिपिई, गाउन, मास्कलगायत सामग्री आएको अस्पतालले जनाएको छ ।
मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाले पठाएको २० थान पिपिई , एक सय थान गाउन, पाँच हजार थान मास्क र पाँच बोतल स्यानिटाइजर प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले जानकारी दिनुभयो ।
डा दासका अनुसार स्वास्थ्य सेवा विभागबाट पठाएको नौ थान पिपिई र चौधरी समूहबाट पठाइएको १५ थान पिपिई पनि प्राप्त भएको छ । कोरोना परीक्षणसम्बन्धी ‘ल्याब टेक्निसियन’का लागि दुई थान पिपिई पनि प्राप्त भएको छ ।
यससँगै अस्पतालमा कुल ४६ थान पिपिई र एक सय थान गाउन मौजुद रहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दासले बताउनु भयो । उक्त सामग्री आइसोलेशनमा पठाइएका कोरोनाका आशंका गरिएका बिरामीको उपचारका क्रममा चिकित्सक एवम् स्वास्थ्यकर्मीले प्रयोग गर्ने जनाइएको छ । अस्पतालमा उक्त सामग्री उपलब्ध भएपछि स्वास्थ्यकर्मीले सुरक्षित महसुस गरेका छन् । तत्कालका लागि विकल्पका रुपमा ४६ थान वर्षादी, ५० थान कपडाको गाउन, क्याप, गमबुट, चश्मालगायत सामग्री व्यवस्था गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?