स्याउ हेर्न जुम्ला जाने अहिले बारीमा फलाउँदै
रासस
फाल्गुन १०, २०७६ शनिबार
पुथाउत्तरगंगा गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखी यस क्षेत्रमा ८६ लाख बजेट खर्चिने भएको छ । कृषिलाई व्यवसायिक, कृषकलाई विभिन्न किसिमका तालिम, कृषि औजारहरु वितरण र रोगको पहिचान तथा नियन्त्रण गर्न सो रकम विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । स्याउ र सुन्तला खेती फस्टाउँदै जाँदा गाउँपालिकाका केही क्षेत्रमा पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ ।