कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति
रासस
फाल्गुन १०, २०७६ शनिबार
कालोपत्रको काममा ढिलासुस्ती तथा गुणस्तहीन भएको र कार्यरत कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयवासीले अवरोध गरेको महुरे–राजापानी–सिम्पानी सडकको काम पुनः सञ्चालन गराउने सहमति भएको छ । ठेकेदार कम्पनीसँग आक्रोशित बनेका स्थानीयवासीले यही फागुन ८ गतेदेखि अवरोध गराएको सडक कालोपत्रको काम जिल्ला प्रशासन कार्यालय खोटाङको पहलमा पुनः सञ्चालन गराउने सहमति भएको हो ।