चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने
रासस
माघ १४, २०७६ मंगलवार
चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने
प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गर्नुभयो । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो...