गाउँमा ‘डोजरे’ विकास ९९० परिवार पहिरोको जोखिममा
गोरखापत्र अनलाइन ,
माघ १७, २०७६ शुक्रबार
डोजरले जथाभावी सडक खन्दा बैतडीका सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पुरचौडी नगरपालिकामा एक विद्यालयसहित ९९० परिवार पहिरोको जोखिममा परेका छन् । पहिरोले विस्थापित सुर्नया गाउँपालिका–८ का छ घरपरिवार अझै घर फर्किन सकेका छैनन् ।