घँसियारन समुदायको पुख्र्यौली पेशा सङ्कटमा
रासस
मंसिर २३, २०७६ सोमबार
पुख्र्यौदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ८ र १३ मा बसोबास गर्दै आएका घँसियारन समुदायको जीवन निर्वाहको मुख्य स्रोत ‘घाँस’ हो ।
घरका महिला दिनभरि घाँसको खोजीमा भौतिरिन्छन् । अरूका घरआँगन र सार्वजनिक स्थलबाट काटेर ल्याएको घाँस बिक्री गरेको रकमबाट यी समुदायको दैनिकी चल्ने गर्दछ ।