एक वर्षमा ९७२ ले गराए गर्भपतन
पर्वतमा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् ।जिल्ला अस्पताललगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् ।
चन्द समूहका युवा सचिव पक्राउ
नेत्रविक्रम चन्द समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भनिने हल सुनार पक्राउ परेका छन् ।
निकुञ्जमा जङ्गल सफारी खुला
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ ।
‘मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाइनेछ’
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले मातृभाषा शिक्षालाई प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि फाल्गुनन्द भाषा शिक्षालय निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ ।
गाउँभरि मौरीपालन
गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु एक हजार ५०० छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।