तीन गाउँपालिकाबीच भगिनी साइनो
गोरखापत्र अनलाइन ,
कार्तिक २८, २०७६ बिहीबार
जिल्लाको ताराखोला,तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् ।
ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।