सीमाक्षेत्र अतिक्रमण : दशगजामै बजार र खेतीपाती
गोरखापत्र अनलाइन ,
कार्तिक २९, २०७६ शुक्रबार
सर्लाहीमा नेपाल–भारत सीमा स्थित दशगजामै बजार र खेतीपाती भइरहेको छ ।
दशगजा क्षेत्र दुवै देशका नागरिकले अतिक्रमण गरिरहेका छन् । सर्लाहीमा ४६ किलोमिटर लामो भारतीय सीमास्थित अधिकांश दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । कतै सीमा स्तम्भ नै हराएको छ भने कतै खेतीपातीले छोपिएको अवस्था देखिन्छ ।