दाङ प्रहरीलाई ठूलो सफलता, विप्लवका कमाण्ड इञ्चार्जसहित २१ जना पक्राउ
गोरखापत्र अनलाइन
आश्विन ३०, २०७६ बिहीबार
दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । नेपाल–भारत सीमानाकाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ मुग्रेटाखोलास्थित जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।