मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित
रासस
आश्विन २८, २०७६ मंगलवार
पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ । एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार...