चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
रासस
आश्विन २१, २०७६ मंगलवार
चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले कडाइ गरेको छ । विशेष गरी नेपालीहरुको महान् चाड दशँै, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।