बलि दिने प्रथा घट्दै, देउडाको रौनक यथावत्
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
सुदूरपश्चिम प्रदेशका उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौली, नाटेश्वरी लगायतका शक्तिपीठमा भाकल अनुसारको बोका, कुखुरा तथा हाँसको बलि दिएर वरदान माग्ने चलन पराम्परागत रूपमा चल्दै आएको छ ।
खास गरेर सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, डडेलधुरा, अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुलामा विभिन्न प्रकारले एक महिनाभन्दा लामो समयसम्म दशैँ मनाइने गरिन्थ्यो । गाउँघरमा बाँडीचुँडी मिलेर खाने र गर्जाे टार्ने प्रचलनले एक महिनाभरि...