थन्किए उपकरण, समस्यामा बिरामी
रासस
आश्विन १६, २०७६ बिहीबार
भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् । चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् । बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ । अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन,...