गिद्धले तीन वर्षदेखि प्रजनन गर्न छाडे
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा तीन वर्षदेखि नयाँ चल्ला निस्कन सकेको छैन ।सन् २००६ मा स्थापना गरी धेरै प्रजनन गराएर वनमा छाड्ने योजना रहेकोमा तीन वर्षदेखि एउटा पनि नयाँ चल्ला निस्कन नसकेको हो । प्रजननका लागि आवश्यक वातावरण, खाद्य सामग्री, उपचार गरे पनि उपलब्धि हासिल हुन सकेको छैन, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनुभयो ।