मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड
रासस
फाल्गुन २५, २०७८ बुधबार
गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ ।
भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही...