बेलायतको पर्यटन दूतमा महन्त श्रेष्ठ नियुक्त
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७७ शुक्रबार
बेलायतमा सफल व्यवसायीको परिचय बनाउनु भएका महन्तबहादुर श्रेष्ठलाई नेपाल पर्यटन बोर्डले बेलायतका लागि मानार्थ जनसम्पर्क प्रतिनिधि ि नयुक्त गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ, बेलायतका संस्थापक अध्यक्ष समेत रहनु भएका श्रेष्ठलाई बोर्डले दुई वर्षका लागि प्रतिनिधिमा नियुक्त गरेको हो । यससंगै बोर्डले श्रेष्ठलाई प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर...