logo
२०८१ असोज ८ मंगलवार



सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो

विदेश |
फिचर |


सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र २ गते । सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान  गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक   छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको दुइ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्न कार्यक्रम छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई  पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।

राजदूत सुन्दासले पर्वतारोहण सम्बन्धमा बहराइनबाट भैरहेको पछिल्ला प्रयासहरुबाट नेपाल र बहराइनबीचको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?