हस्तकलाको ऐतिहासिक पक्ष विमोचन
गोरखापत्र अनलाइन
मंसिर १५, २०७८ बुधबार
प्राज्ञ धर्मराज शाक्यद्वारा लिखित पुस्तक “हस्तकलाको ऐतिहासिक पक्ष”, विमोचन गरियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यल्े एक समारोहकाबीच पुस्तक विमोचन गर्नुभयो ।
पुस्तक नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान हस्तकला विभागद्वारा प्रकाशन गरिएको हो । पुस्तकका बारेमा बोल्दै कुलपति कर्माचार्यले नेपाली हस्तकलाको इतिहास निकै लामो र समृद्ध रहेको बताउनु भयो ।