निबन्ध: अग्लो सगरमाथा कि सफा सगरमाथा ?
गोरखापत्र अनलाइन ,
भाद्र २, २०७६ सोमबार
एउटा प्रश्न सधैँ मनभित्र जन्मने गर्छ । मनले सधैँसधैँ त्यही प्रश्नको उत्तर खोजिरहन्छ– अग्लो सगरमाथा असल कि सफा सगरमाथा ? पहिले म सोच्दै सोच्दैनथेँ । अग्लो हुनासाथ त्यो त्यसै पनि असल भयो, महान् भयो । जो आफैँमा सिद्ध छ । उसलाई सोचेर÷सम्झेर समयको बर्वाद गर्नु कुनै औचित्य रहँदैन ।