दलित उत्थानका निम्ति आर्थिक सशक्तिकरण आवश्यकः मन्त्री गुरुङ
गोरखापत्र अनलाइन
भाद्र ३१, २०७७ बुधबार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताउनुभएको छ । दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा उहाँले दलितहरुलाई कमजोर देखाएर राजनीति गर्न नहुने पनि सबैलाई सचेत गराउनुभयो ।
दूर्गम क्षेत्रका अशिक्षित, गरिव दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो...