काभ्रेका दुर्गम विद्यालयको पीडा एउटा कोठामै तीन वटा कक्षा !
सुन्दा अचम्म लाग्न सक्छ । एउटै कोठामा तीन वटा फरक फरक कक्षा सञ्चालन भन्दा तर काभे्रका दुर्गम भेगमा प्रर्याप्त बिद्यालय भवन नहुँदा एउटै कोठामा तीन वटा कक्षा सम्म सञ्चालन हुँदै आएका छन ।
दोलखाका विवादित प्रजिअ गृह तानिए
सेवाग्राहीसँग निरन्तर मोटो रकम लिएको घटनामा विवादित दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा तानिएको छ
दुर्घटनामा दुईको मृत्यु
सर्लाहीको बेग्लाबेग्लै स्थानमा बिहिवार राती भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
गोपीले दिलाए नेपाललाई ३७ औं स्वर्ण
धावक गोपीचन्द्र पार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा स्वर्ण जित्नु भएको छ ।
बैतडी, बझाङ र दार्चुलामा ६८८ घर बने, ४८६ निर्माण हुँदै
घर नभएर खुला आकाशमुनी बस्दै आईरहेका विपन्न परिवारलाई छानोमुनी ल्याउन सरकारले जनता आवास कार्यक्रम सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
प्रधानमन्त्री केपी शर्मा ओली नौ दिन लामो अस्पताल बसाइ पछि विहीबार अस्पतालबाट डिस्र्चाज हुनु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उहाँ दिउँसो डिस्र्चाज हुनु भएको हो ।
कपास उद्योगमा आगलागी
तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे स्थित मनकामना कपास उद्योगमा विहीबार बिहान पौने दश बजे आगलागी भएको छ ।
न्यायपरिषद सदस्यबाट वैदिकले दिनुभयो राजीनामा
न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाउनु भएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उहाँले राजीनामा बुझाउने निर्णय गर्नुभएको हो ।
कारागारको ढल सिधै बस्तीमा
झापा जिल्ला कारागारको उचित व्यवस्थापन नहुदा कारागार क्षेत्र अस्तव्यस्त बनेको छ ।
आदिकवि क्याम्पसमा लायन्स विज्ञान प्रयोगशाला भवन बन्दै
तनहुँको व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले अध्ययनको लागि आधुनिक विज्ञान प्रयोगशाला प्राप्त गर्ने भएका छन् ।