‘जतकाल’ बन्यो सुत्केरीको काल रक्तश्राव हुँदा सासुले छुनै मानिनन्
गोरखापत्र अनलाइन
भाद्र ३०, २०७६ सोमबार
‘जतकाल’ अर्थात् सुत्केरी महिलाको कालका रुपमा अथ्र्याईने दुई जिउकी एक महिलाको स्वास्थ्य संस्थामै रक्तश्राब हुँदा मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्वर १, की २१ वर्षिया सुत्केरी गोमति चाँडको स्थानीय स्वास्थ्य संस्थामै शिशु जन्मेको १२ घण्टासम्म रक्तश्राव नरोकिदा मृत्यु भएको हो ।