मुम्बईले कलकत्तालाई हरायो, हैदराबादले बैंगलोरको सामना गर्दै
गोरखापत्र अनलाइन
बैशाख १, २०७८ बुधबार
इन्डियन प्रिमियर लिग(आईपीएल)को पाँचौं खेलमा मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सलाई दश रनले हराएको छ । साबिक विजेता मुम्बईको प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा उसले रोयल च्यालेन्जर्स बैंग्लोरबाट हार बेहोरेको थियो ।
मुम्बईले प्रस्तुत गरेको १५३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कलकत्ताले पुरै २० ओभर खेलेपनि सात विकेटको क्षतिमा मात्र १४२ रन जोडन सक्यो । पहिलो विकेटको लागि ७२ रनको साझेदारी गरेर उत्कृष्ट...