logo
२०८१ मंसिर ८ शनिवार



मुम्बईले कलकत्तालाई हरायो, हैदराबादले बैंगलोरको सामना गर्दै

क्रिकेट |
खेलकुद |


मुम्बईले कलकत्तालाई हरायो, हैदराबादले बैंगलोरको सामना गर्दै
तस्विर–बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को पाँचौं खेलमा मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सलाई दश रनले हराएको छ । साबिक विजेता मुम्बईको प्रतियोगितामा यो पहिलो जित हो । पहिलो खेलमा उसले रोयल च्यालेन्जर्स बैंग्लोरबाट हार बेहोरेको थियो ।
मुम्बईले प्रस्तुत गरेको १५३ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कलकत्ताले पुरै २० ओभर खेलेपनि सात विकेटको क्षतिमा मात्र १४२ रन जोडन सक्यो । पहिलो विकेटको लागि ७२ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात गरेको कलकत्ताका मध्यक्रम तथा पूछारका ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि हार बेहोरेको हो । ओपनर नितिश रानाले सर्वाधिक ५७ तथा शुभमन गिलले ३३ रनको योगदान दिनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल छुन सकेनन ।
मुम्बईको बलिङमा राहुल चाहरले सर्वाधिक चार विकेट लिनुभयो । ट्रेन्ट बौल्टले दुई तथा क्रूनाल पाण्ड्याले एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको मुम्बईले १० रनमै ओपनर क्विन्टन डे ककको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अर्का ओपनर रोहित शर्माले दोस्रो विकेटका लागि सूर्यकुमार यादबसँग ७६ रनको साझेदारी गरेर पारी उकास्नुभयो । रोहित ४३ रन बनाएर पेभेलियन फर्किनुभयो । यादबले मात्र ३६ बलमा ५६ रनको उत्कृष्ट पारी खेल्नुभयो ।
कलकत्ताका आन्द्रे रस्सैलले मात्र दुई ओभरमा १५ रन खर्चेर सर्बाधिक पाँच विकेट लिएपछि मुम्बईको पारी २० ओभरमा १५२ रनमा समेटिएको थियो । बरुण चक्रवर्ती, शकिब अल हसन र प्रसिद्ध कृष्णले सामान एक एक विकेट लिए । प्याट्ट क्युमिन्सले दुई विकेट लिनुभयो ।

प्रतियोगिता अन्तगर्त आज हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले हैदराबादको सामना गर्दैछ ।
मुम्बईका राहुल चाहर प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?