बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि
रासस
मंसिर १०, २०७६ मंगलवार
पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन् ।
“बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।” उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् ।