ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट
रासस
चैत्र २९, २०७८ मंगलवार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गर्नुभयो ।
भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पु¥याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।