चौध लाख किलो स्याउ आयो
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
चाडपर्वका लागि भनेर विराटनगर भन्सार नाकाबाट फलफूल तथा मसलाजन्य वस्तुको आयात बढेको छ । बडादशैँलाई लक्षित गरेर भारतबाट ठूलो परिमाणमा स्याउ, केरा, अनार, नरिबल, छोगडा, मरिचजस्ता वस्तु आयात भइरहेको विराटनगर भन्सार कार्यालयले जानकारी दिएको छ ।