पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन हुन्छ : उद्योगमन्त्री बडू
रासस
चैत्र २७, २०७८ आइतवार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ। मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री बडूले सो कुरा बताउनुभयो। विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर...