तामाकोशीको बहावमा उतारचढाव, सतर्कता अपनाउन आग्रह
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
दोलखाको बिगु गाउँपालिका–१, गोँगरमा सञ्चालनमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले तामाकोशी नदीमा पानीको वहाव उतारचढाव हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।