क्वारेन्टाइन खाली भएपछि विद्यालयमा प्रशासनिक कार्य शुरु
गोरखापत्र अनलाइन
असार १४, २०७७ आईतवार
कैलालीको घोडाघोडी नगरपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालय खाली भएपछि अहिले विद्यालय सरसफाइ गरी विद्यार्थी भर्ना, छात्रवृत्ति तथा पुस्तक वितरण कार्य शुरु गरिएको छ । घोडाघोडी-८ तारानगरमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक सुबोधकुमार शर्माले असारको पहिलो सातासम्म क्वारेन्टाइनको रुपमा प्रयोग भएको विद्यालय खाली भएपछि अहिले सरसफाइ गरी विद्यार्थी भर्ना तथा पुस्तक वितरण कार्य शुरु...