प्रदेश मन्त्रिपरिषद् बैठक, प्रदेशका प्रत्येक स्थानीय तहका एक/एक जनालाई निःशुल्क शिक्षा
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७८ बिहीबार
बागमती प्रदेश सरकारले प्रदेशका ११९ स्थानीय तहबाट एक–एक जनालाई निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने भएको छ ।
मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ११९ जना विद्यार्थीलाई तीन वर्षे प्राविधिक शिक्षा सरकारको सहयोगमा उपलब्ध गराउनेदिने निर्णय गरेको हो ।