निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन
गोरखापत्र अनलाइन ,
भाद्र २४, २०७७ बुधबार
चलचित्र निर्देशक तथा लेखक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । मेट्रो अस्पताल, महाराजगंजमा उहाँको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको हो । गुरुङ कलेजोमा समस्याबाट पीडित हुनुहुन्थ्यो ।
केही समयदेखि उहाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा हुनुहुन्थ्यो । ‘हुतुतु’ को स्किृप्टमै काम भइरहेको थियो । कोरोना भाइरसले सिर्जना गरेको असहज परिस्थिति सामान्य हुनासाथ फिल्मको छायाङ्कन थालिने तयारी थियो ।