भारतीय कोरियोग्राफर सरोज खानको निधन
गोरखापत्र अनलाइन ,
असार १९, २०७७ शुक्रबार
भारतीय कोरियोग्राफर सरोज खानको ७२ वर्षको उमेरमा हृदयघाटको कारण शुक्रबार निधन भएको छ । मुम्बइस्थित गुरु नानक अस्पतालमा उहाँको बिहान १ बजेर ५२ मिनेटमा निधन भएको इन्डिया टिभी न्युजले जनाइएको छ ।
श्वासप्रश्वासमा गाह्रो भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको थियो । दुई सयभन्दा बढी बलिउड चलचित्रमा कोरियोग्राफी गरिसक्नुभएको खानले सन् १९८३ मा फिल्म ‘हिरो’ मा कोरियोग्राफीको काम सुरु...