नेवि सङ्घसित देउवा आक्रोशितः ‘म चारपटक प्रधानमन्त्री भएँ, तिमीहरू कसरी नेता हुन्छौ ?’
गोरखापत्र अनलाइन ,
असार १९, २०७७ शुक्रबार
आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका देउवाले भन्नुभयो, ‘‘राम्रोसँग गर्नुस्, नेविसङ्घलाई बलियो बनाउनुस्, गाउँ ठाउँमा सबै स्कुल, कलेजमा जित्नुस्, जहाँ पनि हारेको हार्यै छ, नेवि सङ्घलाई लाज पनि छैन, पहिलाहामीले सबै ठाउँमा जितेका थियौँ ।’’
‘स्कुलमा नेवि सङ्घ बनाऊ भन्यो बनाउँदै बनाउँदैन् । सबै ठाउँमा कम्युनिस्टले जितेका छन्’ भन्दै सभापति देउवाले ‘अहिले नेवि सङ्घभित्र देखिएको विवाद केही होइन, दुई पक्षबीच बसेर समाधान...