करेन्टले हात जलेका बालकले सहृदयी डाक्टर भेटे, हेलिकाेप्टरबाट उद्धार, निःशुल्क उपचार हुने
गोरखापत्र अनलाइन ,
बैशाख २८, २०७७ आईतवार
करेन्ट लागेर दुवै हात काम नलाग्ने भएका बालक भक्तराज बुढाथोकीको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले निःशुल्क रुपमा उपचार गर्ने भएको छ । आर्थिक अभाबले जिल्ला अस्पतालले रिफर गरेको भए पनि बन्दाबन्दीमा थप उपचार गर्न भन्दा पनि गाउँमा लगिएका बालक बुढाथोकीको अवस्थालाई मध्यनजर राख्दै प्रतिष्ठानले निःशुल्क उपचार गर्ने भएको हो ।