logo
२०८१ असोज ७ सोमवार



रुसमा सङ्क्रमित हुने दुई लाख नाघ्यो, अमेरिकामा ७९ हजारभन्दा बढीको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


रुसमा सङ्क्रमित हुने दुई लाख नाघ्यो, अमेरिकामा ७९ हजारभन्दा बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २९ गते । रुसमा कोभिड–१९ बाट सङ्क्रमित हुने दुई लाखभन्दा बढी पुगेको छ । रुसी अधिकारीहरूले आइतबार मात्रै ११ हजार १२ जना नयाँ सङ्क्रमित थपिएको जनाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुसमा कोभिड–१९ को सङ्क्रमण दुई लाख नौ हजार ६८८ मा पुष्टि भएको छ । रुसमा पछिल्लो २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणले ८८ जनाको मृत्यु दर्ता गरिएको छ । मृतकको सङ्ख्या एक हजार ९१५ पुगेको छ । विश्वभरि दुई लाख ८२ हजार ७०९ जनाको मृत्यु दर्ता गरिएको छ । बढ्दो सङ्क्रमण दरले फ्रान्स र जर्मनीलाई उछिनेर रुस पाँचौँ सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र बनेको छ ।
विश्वव्यापी सङ्क्रमितको तथ्याङ्क अद्यावधिक गर्दै आएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म सङ्क्रमित हुनेको संख्या ४१ लाख एक हजार ६९९ पुगेको छ । अमेरिकामा मात्रै १३ लाख २९ हजार २६० जना सङ्क्रमित छन् । स्पेनमा दुई लाख २४ हजार ३५० जनामा सङ्क्रमणको पुष्टि भएको छ । बेलायतमा सङ्क्रमित हुने दुई लाख २० हजार ४४९ छन् । इटालीमा दुई लाख १९ हजार ७० जना सङ्क्रमित छन् । फ्रान्समा एक लाख ७७ हजार र जर्मनीमा एक लाख ७१ हजारभन्दा बढीमा सङ्क्रमणको पुष्टि भएको छ ।
ब्राजिलमा सङ्क्रमण दर बढ्ने क्रम रोकिएको छैन् । विश्वविद्यालयका अनुसार ब्राजिलमा एक लाख ६२ हजार ६९९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । टर्कीमा एक लाख ३८ हजार र इरानमा एक लाख सात हजार ६०३ जना सङ्क्रमित छन् । चीनपछि क्यानाडामा ७० हजार र पेरु तथा भारतमा सङ्क्रमित हुने ६७ हजारभन्दा बढी छन् ।
भारतमा पछिल्लो २४ घण्टामा चार हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा कोभिड–१९ को सङ्क्रमणले हालसम्म ७९ हजार ५२६ जनाले ज्यान गुमाएका छन् । बेलायतमा मृतकको सङ्ख्या ३१ हजार ९३० पुगेको छ । इटालीमा ३० हजार ५६० र स्पेनमा २६ हजार ६२१ जनाको मृत्यु भएको छ । फ्रान्समा मृतकको सङ्ख्या २६ हजार ३८३ र ब्राजिलमा ११ हजार १२३ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?