logo
२०८१ बैशाख १८ मंगलवार



‘क्यानभासमा सत्यमोहन बा’

कला |


‘क्यानभासमा सत्यमोहन बा’


काठमाडौं मङ्सिर २० गते । योङ पिपासाको आयोजनामा सोमबार ‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनी सुरु भएको छ । पाँच दिन चल्ने प्रदर्शनी सत्यमोहन जोशीकै घरमा आजदेखि सुरु भएको हो ।

योङ पिकासोले सत्यमोहनका ४० वटा मुहारका चित्र प्रदर्शनमा राखेको छ । कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, पाटन संग्राहलयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे लगायत अन्यको सहभागिता थियो ।

क्यानभासमा आफूलाई देख्न पाउँदा खुशी भएको जोशीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो जनताले मलाई माया गरेर गरेको कार्यक्रम हो, कुनै सरकारी प्रोजेक्ट हैन । सबै कलेकश्न मायाको चिनो हो ।’

प्रदर्शनमा जोशीको युवा अवस्थादेखि आजसम्मको चित्र देख्न सकिन्छ । योङ पिकासोका निर्देशक अजय देशारका अनुसार क्यानभासमा सत्यमोहन जोशी’ नामक २ वर्ष अगाडि पाटन संग्रहालयमा चित्रकला प्रतिस्पर्धा भएको थियो ।

‘अधिकांश मानिसले शताब्दी पुरुषको महत्व बुझेका छैनन्,’ देशारले भन्नुभयो, ‘जोशी एकल जिउँदो इतिहास हुनुहुन्छ । यसरी चित्रकलामार्फत हामीले उहाँको महत्व दर्शाउने प्रयास गरेको हो ।’ चित्रकला प्रदर्शनी भोलिदेखि सबैका लागि खुला गरिने उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?