logo
२०८० चैत्र १६ शुक्रवार



न्यायाधीशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा आपतकालीन अवतरण

पढ्नै पर्ने |
खुला |


न्यायाधीशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा आपतकालीन अवतरण


सिराज खान
नेपालगञ्ज, चैत २३ गते । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज बुधबार विहान नेपालगञ्जमा आपतकालीन अवतरण गरेको छ ।

सो विमानमा यात्रा गरिरहनुभएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज विहान ९ः४५ बजे नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको प्रहरीले जनाएको छ ।

विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाका अनुसार जहाजमै न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि उहाँकै आग्रहमा विमानलाई नेपालगञ्जमा आपतत्तकालिन अवतरण गराइएको थियो ।

न्यायधीश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाडौंका लागि उडेको प्रहरीले जनाएको छ ।

विमानस्थलको भीआइपी कक्षमा राखेर सामान्य उपचार गरिएपछि न्यायधीश बमको स्वास्थ्य अवस्था सामान्य बनेपछि नेपालगञ्जस्थित एक जना आफन्तको घरमा उहाँले आराम गरिरहनुभएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?